सप्तरी चन्द्र नहरका आधा दर्जन बंगला भत्काईदै

सप्तरी चन्द्र नहरका आधा दर्जन बंगला भत्काईदै उदयपुर भाद्र ३ गते सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका वार्ड नं. १ फत्तेपुुरमा राणा कालिन भौतिक संरचना भत्काउन थालिएका छन् । चन्द्र शमसेर कालिन १सय वर्ष पुरान भवन सडक विस्तार र पार्र्क निर्र्माण गर्ने भन्दै भत्काईएका हुन । चन्द्रशमसेर को शासनकालमा चन्द्र नहर निर्माण लागी कार्यलय बन्दो वस्त गर्न फत्तेपुरमा १ दर्जन भन्दा बढी बंगला निर्माण गरिएको थियो । इटा र घरेलु सिमेनट सुर्र्कीबाट निर्माण भएका आधा दर्र्जन २ तले घरहरु नगरपालिका निर्र्देशनमा भतकार्ईएका हुन पछिल्लो समयमा ति भवनमा प्रहरी चौकी वस्दै आएको थियो । सप्तकोसी नगरपालिकाले सडक विस्तार गर्ने क्रममा सडक निर्माण कम्पनिले भत्काएको आरोप लगाए पनि, निर्माण कम्पनीले चन्द्र नहरको स्वामित्वमा रहेको प्र्रहरी चौकी भवन सडक निर्माणको एलाइमेट भित्र नपरेको ले नभत्काएको निर्माण कम्पनी कालिका कन्ट्रक्सनले बताएको छ । उता चन्द्र नहर सिचाई कार्यालयले आफुहरुलाई कुनैै किसिमको सुचना नदिई सम्रचना भत्काइएकोले नियमनकारी निकायमा प्रतिवेदन पेश गरेको जनाएको छ । नगरपालिकाले ऐतिहासिक भवन भत्काएर कस्तो पार्क बनाउन लागेको स्थानिय व्यङ्ग्य गर्न थालेका छन् । दिलिप कुमार चौैधरी उदयपुर

Comments