बजार व्यवस्थापन हुन नसकेकाे

उदयपुर भाद्र ८ गते बुधबार
उदयपुरको पुरानो र प्रमुख बाणिज्य केन्द्रको रुपमा रहेको बेल्टार बजार बर्षै देखि व्यवस्थीत बन्न सकेको छैन् ? नगरपालिका र सरोकार वाला पक्षले ध्यान नदिदा यो अवस्था श्रृजना भएो हो ।
गुद्र बजारको रुपमा सडकमै तरकारी देखि विभिन्न किसिम पसल हरु असरल्ल पारिएका छन् । २० लाख भन्दा बढी लगानीमा सहकारी संस्था लिमिटेडको जमिनमा तरकारी तथा कृषि बजार निर्माण भए पनि नगरपालिकाको उदासिनताको कारण त्यस ठाउँमा व्यवस्था गर्न सकेको छैन् ।
तरकारी तथा सागसब्जी विक्रि केन्द्र निर्माण भए पनि बजार क्षेत्र भन्दा बाहिर भएकोले आफूहरु विक्रि वितरणका लागी जान नसकेको तरकारी व्यापारीहरुको भनाई छ । पटक पटक सूचना गर्दा समेत गुद्री बजार व्यविस्थत गर्न नसकिएको नगरपालिकाले स्विकारेको छ ।
प्रत्येक विहिवार लाग्ने साप्ताहिक हाट समेत सडक क्षेत्रमै लाग्ने गरेको छ । सडक क्षेत्र अतिक्रमण गरी हाट लाग्दा सवारी साधन संचालनमा कठिनाई परेको यातायात व्यवसायीकको गुनासो रहेको छ ।

पछिल्लो ३ वर्ष अगाडी गठित बेलटार बसाहा नगरपालिकाको वार्ड नं. १ र २ बजार क्षेत्र पर्दछ । अझ व्यवस्थापन हुन नसकेको पक्ष बजार क्षेत्रमा बनेका घरहरुमा नै ओगटेर राखिएका निर्माण सामाग्री र सडक नै ढाक्ने गरी पसल अगाडी बनाएका छाप्राहरु यसले नगर क्षेत्रलाई नै कूरुप बनाएको छ ।  

Comments